Breaking News

जागिरकाे खाेजिमा हुनुहुन्छ ? राष्ट्रिय वाणिज्य बैंकले माग्याे ४६५ कर्मचारी

 जागिरकाे खाेजिमा हुनुहुन्छ ? राष्ट्रिय वाणिज्य बैंकले माग्याे ४६५ कर्मचारी

राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि  दरखास्त आह्वान गरेको हो। बैंकले ४६५ जनाका कर्मचारी माग गरेकाे हाे । याे मध्ये खुला २२१, महिला ७६, आदिबासी जनजाति ५९, मधेशी ४७, दलित २८ जना, अपांगता भएका १५ जना र पिछडिएको क्षेत्रका १९ जना कर्मचारी माग गरेकाे हाे ।  आवेदन दिनका लागि न्यूनतम स्नातकदेखि स्नातकोत्तरसम्म अध्ययन गरेको हुनुपर्ने छ ।

बैंकले विभिन्न पदमा सबै प्रदेशमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्ने भएको छ । इच्छुक उम्मेदवारले असार १० गतेदेखि अनलाइन आवेदन दिन सक्नेछन्। दरखास्त पेस गर्ने अन्तिम मिति असार ३० गतेसम्म तोकिएको छ। आवेदन दिँदा लाग्ने शुल्क पनि अनलाइनबाट नै भुक्तानी गर्नुपर्ने छ । चौथो र पाँचौ तहका लागि आवेदन दिन ५०० र ६ देखि ९ तहसम्मका लागि ७०० रुपैयाँ लाग्ने छ । 

राष्ट्रिय वाणिज्य बैंकमा खुला तथा समावेशी तर्फ ठूलो संख्या (४६५ जना) को लागि विज्ञापन भएको छ ।








No comments